• फाल्गुन २४ २०८२, आईतवार

आज एसईईको नतिजा सार्वजनिक हुने

असार २१ २०८०, बिहीबार

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिन। २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।