काठमाडौं । एमालेले संसद बैठक अवरुद्ध गर्ने निणर्य गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्ने निणर्य गरेको एक सांसदले बताए ।
प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही विषयमा एमालेले आपत्ति जनाएको हो । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बैठक बस्दै छ ।