• जेष्ठ २६ २०८२, आईतवार

निरन्तर वर्षा हुँदा तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि

असार १९ २०८०, मंगलवार

रूपन्देही– रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ । नदी आसपास क्षेत्रका बासिन्दालाई महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ७ बजे पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । जलसतह ५ दशमलव २ मिटरलाई सतर्कता तह मानिन्छ ।

महाशाखाले स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको छ ।