• बैशाख २४ २०८३, बिहीबार

क्रान्तिकारी कम्युनिस्ट पार्टीको ७ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

असार १८ २०८०, सोमबार

प्रकाश थापा । क्रान्तिकारी कम्युनिष्ट पार्टीको ७ नम्बर प्रदेश स्तरीय एकता अधिवेशन कैलालीमा सम्पन्न भएको छ । केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) र नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) बिच उक्त प्रदेशको पनि एकता अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रशिक्षण पनि चलाइएको थियो ।

अधिवेशनबाट केन्द्रीय सचिवालय सदस्य महानको संयोजकत्वमा ९९ सदस्यीय प्रदेश संगठन समिति गठन गरिएको केन्द्रीय सदस्य तथा कैलाली संयोजक प्रकाश रावलले जानकारी दिए । उनका अनुसार प्रदेश संगठन समितिको सह-संयोजकमा केन्द्रीय सचिवलाय सदस्यद्वय रामबहादुर केसी (डायमन्ड) र ईन्चार्ज गुणराज लोहनी रहेका छन् ।

पार्टीको उक्त अधिवेशनले ५ सदस्यीय प्रदेश कार्यालय र केन्द्रीय महाधिवेशन आयोजक समितिका २७ जना सदस्य सम्मिलित प्रदेश सचिवालय समेत गठन गरेको पनि उनले बताए ।

त्यस्तै प्रदेश अन्तरगतका जिल्लाहरुका ईन्चार्ज, संयोजक र सहसंयोजकहरु, जनवर्गीय संगठन र विभागहरूको बैठकबाट टुंगो लगाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश संगठन समितिले जनाएको छ ।

यो अधिवेशनबाट तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई प्रदेश स्तरमा एकता अधिवशेनमार्फत् पूणर्ता दिइएको सो पार्टीले जनाएको छ ।

कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन, कार्यालय सदस्य राजवीर लगायतले प्रशिक्षण तथा निर्देशनात्मक भनाई राखेका थिए ।