• बैशाख २४ २०८३, बिहीबार

गिरिजाप्रसाद कोइरालाको आज जन्म शताब्दी मनाइँदै

असार १८ २०८०, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी आज मनाइँदै छ । कोइरालाको  १०० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा ९माओवादी० लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए। मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका कोइरालाको वि.सं १९८१ असार १८ गते जन्म भएको थियो भने वि. सं २०६६ चैत ६ गते निधन भएको थियो ।