• जेष्ठ २६ २०८२, आईतवार

पहिराेले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी खुल्याे

असार १७ २०८०, आईतवार

चितवन । शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।