काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्षेत्रमा रहेको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ।
नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार तारबार लगाउनका लागि अहिले साढे २ बजेट टोली ललिता निवास क्षेत्रमा पुग्दैछ।
महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली पठाएर उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागेको हो।