• जेष्ठ २६ २०८२, आईतवार

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

असार १७ २०८०, आईतवार

काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिबार राती पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक दुइतर्फी अवरुद्ध भएपछी सयौं यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरीले पहिरोसँगै विजुलीको पोल पनि ढलेर तार पहिरोमा परेकाले पहिलो तार हटाएर पहिरो पन्छाइने जनाएको छ ।

सोही स्थानमा गत बिहीबार दिउँसोदेखि सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारी साधन आउजाउ गर्ने गर्दछन् । पूर्व र पश्चिमबाट काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ नै मानिन्छ ।

बर्खालागेसँगै पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका थिए ।