• जेष्ठ २६ २०८२, आईतवार

सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै  हो : अर्थमन्त्री महत

असार १६ २०८०, शनिबार

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताएका हुन् ।

उनले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताए। गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएको भन्दै सत्ता गठबन्धन निश्चित लक्ष्य लिएर अगाडि बढेको उनको भनाइ छ।

मन्त्री महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताए । अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको भन्दै नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनले बताए । तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । यस्तै आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने उनको भनाइ छ ।