चितवन । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो । फेरि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएरका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यात्रु अलपत्र परेका छन् ।
पहिरो पन्छाउने काम सुरु गरिएको छ ।