काठमाडौं । ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ पर्नुअघि नै अन्तरिम आदेश लिएका आरोपितहरुले दायर गरेको रिट करिब ९ महिनासम्म दोस्रो सुनुवाइ नै हुन सकेन।
टीकाराम घिमिरे समेतले २०७९ साउन ४ गते दायर गरेको रिट हालसम्म एक पटक मात्र सुनुवाइ भएको सर्वोच्च अदालतको पेसी तथ्यांकमा उल्लेख छ ।
२०७९ साउन १९ गते न्यायाधीश ईश्वर खतिवडाको इजलासले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशपछि उनीहरुलाई पक्राउ पर्ने बाटो बन्द भएको थियो। त्यसपछि उक्त मुद्दा एक पटक मात्र पेसीमा चढेको छ।
२०८० असार १५ गते उक्त मुद्दाको पेसी तोकिएको थियो। उक्त दिन सर्वोच्च स्थगितको सूचीमा मुद्दा पर्यो अनि सुनुवाइ नै भएन। उक्त दिन स्थगितको ४८औं नम्बरमा मुद्दा परेको थियो। त्यसअघि २०७९ साउन १९ गते पेसी तोकिएको थियो। उक्त दिन न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।