बागलुङ । वैदेसिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बागलुङका साजन सापकोटाका परिवारले बीमा गरे वापतको रु १४ लाख रकम प्राप्त गरेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा स्थायी घर भई रोजगारीको लागि मलेसिया गएका साजनको ०७९ चैत्र ८ गते राेजगारकै सिलिसलामा मृत्यु भएको थियो ।
वैदेसिक रोजगारीमा जानुअघि साजनले सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीमार्फत् वैदेसिक राेजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेसिक राेजगारीमा गएकाे ८ महिनामै उनकाे दु:खद मृत्यु भएपछि कम्पनीले उनकाे परिवारलाई मृत्यु दाबी भुक्तानी गरेकाे हाे । वैदेसिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक साजनका बुवा नारायणदत्त पाध्यालाई रू. १४ लाखको चेक हस्तान्तरण गरे ।
बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको प्रतिकृया दिँदै पाध्याले सो रकम पाएपछि बीमा कम्पनीप्रति आभार व्यक्त गरे । साथै उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताए ।