काठमाडौँ । बजेटबारे निर्णय लिन जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १२ बजे बस्ने तय भएको जसपाका सांसद राजकिशोर यादवले जानकारी दिएका हुन् ।
जसपाले बजेटप्रति असन्तुष्टि जनाउादै आएको छ। जसपाले बजेट सच्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो।
मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए। त्यसबाट सन्तुष्ट हुन नसकेको जसपाका सांसदहरूले बताए। आज प्रधानमन्त्री प्रचण्डले गुनासोको सम्बोधन गरे पक्षमा भोट हाल्न सहज हुने उनीहरूको भनाइ छ।