• जेष्ठ २६ २०८२, आईतवार

ललिता निवास प्रकरण: पक्राउ परेका तीन जनाले पक्राउ नगर्न भन्दै अदालतबाट ‘स्टे अर्डर’ लिएको खुलासा

असार १२ २०८०, मंगलवार

काठमाडौं । ललिता निवास प्रकरणमा मंगलबार पक्राउ परेका सात जनामध्ये तीन जनाले पक्राउ नगर्न भन्दै अदालतबाट ‘स्टे अर्डर’ लिएको पाइएको छ।

‘स्टे अर्डर’ लिनेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसी रहेका छन्।

उनीहरुले आफूहरुलाई पक्राउ नगर्नु/नगराउनु भन्दै अदालतबाट आदेश लिएको खुलेको छ।  प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि ‘स्टे अर्डर’ लिएको खुलेको छ। उनीहरुलाई अब हिरासतमा राख्दाखेरि अदालतको आदेश विपरीत हुने भएकाले बाहिरै राखेर अनुसन्धान गर्ने तयारी सीआईबीले गरेको छ।