• जेष्ठ २६ २०८२, आईतवार

ललिता निवास प्रकरणः डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित ४ जना पक्राउ

असार १२ २०८०, मंगलवार

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप चारजनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंका फरक फरक स्थानबाट कर्मचारीसहित तीन चारजनालाई नियन्त्रणमा लिएको हो।

सीआईबीका एक अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्।

यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई मंगलबार नै काठमाडौंस्थित निवासबाट पक्राउ परिसकेका छन्।