• माघ २७ २०८१, आईतवार

प्रतिनिधिसभामा आज पनि विभागीय मन्त्रीहरुले जवाफ दिँदै

असार ११ २०८०, सोमबार

काठमाडौं। प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ ।बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

बैठकमा सोमबार आठ जना मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीहरुले जवाफ दिएका थिए ।