काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गरेको आरोपमा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट कारबाही गरेको छ।
शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।
बैठकले पार्टीको विधान मस्यौदा अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी प्रचार विभागले जनाएको छ।