काठमाडौं । गग बैशाखयता देशका विभिन्न ठाउँमा बाढीपहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् ।
बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् ।
त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।
बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ