• जेष्ठ ११ २०८३, सोमबार

नेपालका कति बालबालिका श्रममा संलग्न छन् ?

असार ९ २०८०, शनिबार

काठमाडौं । एक अध्ययनले नेपालमा ११ लाख बालबालिका श्रममा संलग्न रहेको देखाएको छ ।

आसमान नेपालले गरेको अध्ययनअनुसार कुल सङ्ख्याको १५ प्रतिशत बालबालिका अनौपचारिक श्रमको क्षेत्रमा रहेका छन् । जसमध्ये दुई लाख बालबालिका जोखिमयुक्त काम गर्न बाध्य छन् ।

ती ालबालिका कृषिदेखि होटल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिट्टी खानीमा काम गर्न बाध्य रहेको अध्ययनमा उल्लेख छ ।

नेपालको संविधानअनुसार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोजगारमा संलग्न गराउनुु र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रम तथा व्यवसायमा संलग्न गराउनुु गैरकानुनी हो ।

तर पारिवारिक आर्थिक अवस्थाका कारण बालबालिकाहरू सानो उमेरमै जोखिमपूर्ण रुपमा श्रम गर्न बाध्य छन् ।