• जेष्ठ ११ २०८३, सोमबार

नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना

असार ९ २०८०, शनिबार

काठमाडौँ । नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

बिहीबार मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको नेपालले शुक्रबार मार्सल आइसल्यान्डसंग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकहरूको संख्या १८१ पुगेको छ ।

शुक्रबार नेपालका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो।

संयुक्त राष्ट्र सङ्घका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।