• माघ १८ २०८१, शुक्रबार

भारतीय फिल्मबारे अदालतको आदेश मान्दिन भन्ने बालेनको पक्षमा उभिए स‌विधानविद् भीमार्जुन आचार्य

असार ८ २०८०, शुक्रबार

काठमाडौैं । संविधानविद् भिमार्जुन आचार्य काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतीय फिल्ममा रोक लगाएकाे विरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने पक्षमा देखिएका छन् ।

आज सामािजक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्ताे जनाएका हुन् । नेपालकाे इतिहास र सार्वभाैम सत्तामाथि प्रहार गरेर बनाइएकाे साे फिल्मविरूद्द नेपाल र भारतमा समेत कडा विराेध भइरहेकाे छ । साे फिल्ममा नेपालकी जानकी अर्थात् सीतालाई भारतकी छाेरी भनिएकाे छ । नेपालकाे केन्द्र सरकारले यसबारेमा खासै वास्ता गरेकाे छैन । यसाे गर्नुमा धेरैले प्रचण्ड सरकारकाे भारतप्रतिकाे भक्तिकाे रूपमा लिएका छन् ।

भारतीय फिल्म ‘आदिपुरुष’मा रामायणकी पात्र सीतालाई भारतमा जन्मेकी थिइन् भन्ने आशयको संवाद रहेको दाबी गर्दै  काठमाडाैंका मेयर शाहले गत सोमबारदेखि महानगरभित्रका हलमा सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।

तर उनकाे सो कदम विरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार मात्र त्यसरी फिल्म प्रदर्शनमा रोक लगाउन नपाइने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । बालेनले सो आदेश आफूले नमान्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

यही विषयमा बालेनको भनाईलाई समर्थन हुने गरी संविधानविद् भीमार्जुन आचार्यले पनि  घुमाउरो तरिकाले बालेनकै पक्ष लिएका हुन्। आचार्यले ट्वीटमा यसाे भनेका छन् ।

‘कानुनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुँदैन। चित्त नबुझे पनि पालना गर्नुपर्ने बाध्यता रहन्छ’, संविधानविद् आचार्यले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर अदालतले पनि कानुन, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन्। देश अदालत, कानुन र संविधानका लागि होइन भन्ने हेक्का राख्नुपर्छ। अदालतका धेरै कामकारबाहीहरू आलोच्य छन्।’

यस्ताे छ उनकाे ट्वीट :