• जेष्ठ २७ २०८२, सोमबार

देशभर बिहानैदेखि वर्षा, दिउँसो र राति भारी वर्षाको सम्भावना  

असार ८ २०८०, शुक्रबार

काठमाडौं । देशभर आज बिहानैदेखि वर्षा भएको छ । देशका विभिन्न भागमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

विभागका अनुसार कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।