• असार २८ २०८३, आईतवार

ओखलढुंगामा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु 

असार ८ २०८०, शुक्रबार

काठमाडौँ ।  ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

बिहीबार राति ११ बजे गएको पहिरोले पहिरोले १५ वटा घर बगाएको साथै २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

उनका अनुसार स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो। 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिएका छन् ।