• बैशाख २४ २०८३, बिहीबार

किसानलाई पेन्सनको व्यवस्था गरौं- प्रभु शाह

असार ६ २०८०, बुधबार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद साहले कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने बताएका हुन् ।

‘किसानलाई पेन्सनको व्यवस्था गरौँ । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन,’ उनले भने, ‘स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? सरकारले आँट गरेर किसानलाई पेन्सन दिने व्यवस्था गरोस् ।’