• मंसिर १२ २०८१, बुधबार

सय रन बनाउँदै अमेरिकाले गुमायो छैटौं विकेट

असार ५ २०८०, मंगलवार

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकासँगको खेलमा ललित राजवंशीले छैटौं विकेट लिएका छन्। अमेरिकाले सय रन बनाएको छ ।

ललितले २८ औं ओभरको चौथो बलमा सुसान्त मोदानीलाई २७ रनमा बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए।

२८ ओभरको समाप्तीमा अमेरिकाले ६ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ। दीपेन्द्रले २२ औं ओभरको तेस्रो बलमा जगानन्द सिंहलाई आरिफको हातबाट क्याचआउट गराए। नेपालका लागि यसअघि चार विकेट करण केसीले लिएका थिए। नेपालले अमेरिकालाई सुरुबाटै दबाबमा राखेको छ।