• असार २८ २०८३, आईतवार

जालझेलले समाजवादको निर्माण हुँदैन: डा. भट्टराई

असार ५ २०८०, मंगलवार

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जालझेलले समाजवादको निर्माण नहुने टिप्पणी गरेका छन् ।

सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।

उनले भने, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन, यो त उदात्त वैचारिक निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो समाजवादी मोर्चा गठन भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।