• बैशाख २४ २०८३, बिहीबार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा ३७ वर्षे अनिलको उम्मेदवारी

असार ३ २०८०, आईतवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा ३७ वर्षे अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरेलले आगामी जुलाइ २९ मा हुने निर्वाचनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

अध्यक्षका आकांक्षी पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट (सीपीए) हुन् ।

एक दशकदेखि एनआरएनएमा आवद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्बिरोध निर्वाचित भएको पोख्रेल बताउँछन् ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्, यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रूपमा मैले अस्ट्रेलियन बहुसांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छ ।

एनआरएनलाई संस्थागतकरण, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिंदै आएका छन् ।

अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै अष्ट्रेलियाबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ ।