• जेष्ठ २८ २०८२, मंगलवार

यी हुन् नक्कली शरणार्थी प्रकरणमा जेल जानेहरु (सूची सहित)

असार १ २०८०, शुक्रबार

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका १६ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा राख्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएको हो ।

पक्राउ परेका अन्य दुई जना भने धरौटीमा रिहा भएका छन् । जसअनुसार लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ ।

यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।

आदेश अनुसार टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजालले केन्द्रीय कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।

यस्तै केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन पनि केन्द्रित कारागारमा रहनेछन् ।