• जेष्ठ २८ २०८२, मंगलवार

महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी एसएसपी पाल निलम्बित

असार १ २०८०, शुक्रबार

काठमाडौं । महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा शुक्रबार गृह मन्त्रालयले एसएसपी पाललाई निलम्बन गरेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले बिहीबार गृह मन्त्रालयलाई एसएसपी पाललाई निलम्बन गर्न पत्र पठाएको थियो ।

कञ्चपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी प्रहरी प्रधान कार्यालयलाई पठाएपछि एसएसपी पाललाई हेडक्वार्टर तानिएको थियो ।

पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले छानबिन पनि गरिरहेको छ ।