• जेष्ठ २७ २०८२, सोमबार

आफू इच्छा विपरित न्यायाधीश बनेको प्रस्तावित प्रधानन्यायाधीश कार्कीको बयान

जेष्ठ ३२ २०८०, बिहीबार

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् ।
तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए ।

आज बिहानको संसदीय सुनुवाई समितिको बैठकमा उनले सो धारणा राखेका हुन् । ‘सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर आयो । त्यतिबेला मेरो आफ्नो इच्छा थिएन । तत्कालीन प्रधानन्यायाधीश ज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें’ उनले भने ।

अहिले परिस्थितिवस र सौभाग्यवस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । २०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराए । २०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेदेखि हालसम्म पनि इमान, निष्ठा र व्यवसायीक धर्मलाई पूणर्रुपमा पालना गरेको उनको दाबी छ ।

आफूले हालसम्म ५५८६ मुद्दा फैसला गरेको जानकारी गराए । गत वैशाख २५ गते संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।