काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्।
उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए।
देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जान लागिएको हो।
उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने छन् ।