• जेष्ठ २७ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको थुनछेक बहस जारी

जेष्ठ ३० २०८०, मंगलवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवादीको थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा मंगलबार प्रतिवादी बालकृष्ण खाँणको तर्फबाट बहस भयो । उनका तर्फबाट १० जना वकिलले बहस गरे ।

बुधबारको इजलासमा खाँणका तर्फबाट बाँकी वकिलले बहस गर्नेछन् । खाँणको तर्फबाट पंकज कणर्ले बहसको सुरुवात गरे । त्यसपछि वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरे ।

उनीहरूले जाहेरवालाहरूले खाँणको नाम नलिएको, अघिल्लो सरकारका निणर्यलाई निरन्तरता दिएको दाबी गरे । त्यसमा न्यायाधीश न्यौपानले प्रतिप्रश्न गरेनन् ।

बहसका क्रममा केसीले प्रकरणमा संलग्न भनिएकाहरूको एक एक नाम लिए । त्यसैक्रममा उनले प्रतिवादीहरूको नाम लिन थाले । उनलाई रोक्दै न्यायाधीश न्यौपानेले भने, ‘तपाईंले नाम भन्दा मेरो ध्यान अभियोग पत्रमा जान्छ । उहाँको नाम प्रेमराज पन्थीबाहेक अरु कसैले लिएका छैनन् भन्नुस् न ।’