काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)द्वारा सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई समायोजनका लागि निवेदन आह्वान गरिएको छ ।
नवीकरण अद्यावधिक भएका दुई वा दुईभन्दा बढी क्याम्पसहरूलाई समायोजनका लागि निवेदन आह्वान गरिएको हो ।
समायोजन हुन चहाने इच्छुक क्याम्पसले क्याम्पस सभा वा सञ्चालक समितिबाट निर्णय गराई असार मसान्तभित्रै योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिने त्रिवि उपकुलपति कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
यद्यपि समायोजनका लागि भने कुनै शुल्क लाग्ने छैन । क्याम्पस समायोजनका लागि पाँचवटा शर्त तोकिएको छ ।
पहिलो शर्त : दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन, दोस्रो शर्त : समायोजन गर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, तेस्रो शर्त : सम्बन्धन पत्रहरू, चौथो शर्त : नवीकरण पत्रहरू र अन्तिम अर्थात् पाँचौ शर्त : अक्षयकोषको रसिदहरू ।