• जेष्ठ ११ २०८३, सोमबार

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा,पश्चिम तराईमा गर्मी

जेष्ठ ३० २०८०, मंगलवार

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थान साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


मंगलबार राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका मध्य तथा पश्चिम तराईका भागमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।