• जेष्ठ २७ २०८२, सोमबार

स्वर्गद्वारी दर्शन गरेर फर्केका तिर्थयात्री चढेको गाडी दुर्घटना

जेष्ठ २९ २०८०, सोमबार

प्युठान । प्युठानमा रहेको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पतालबाट आएपछि नै थाहा हुन्छ ।’