• जेष्ठ ११ २०८३, सोमबार

जुवा खेलाउने होटल सञ्चालक र जुवाडे झण्डै १ लाख रकम सहित पक्राउ

जेष्ठ २७ २०८०, शनिबार

दाङ । दाङको लमहीको एक होटलबाट ४ जना जुवाडे सहित होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो लमही-४ शान्तिनगरमा सञ्चालनमा रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुवा खेलिरहेका जुवाडे सहित होटल सञ्चालकलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ३० का शुरेश चौधरी, लमही-२ बनकट्टा बस्ने वर्ष २७ का शुरेश चौधरी, राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया बस्ने वर्ष ३५ का सन्तोष चौधरी, कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १ चन्द्रौटा बस्ने वर्ष ३९ का पन्चम चौधरी गरि चारजना रहेका छन् ।

त्यस्तै जुवाको खालबाट एक गड्डी तास र नगद ९८ हजार ३० रुपैया बरामत भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

यस्तै पैसाको हार-जित हुने गरी जुवा खेल्न आफ्नो स्वामित्वमा रहेको होटलको कोठा प्रयोग गर्न दिए वापत उक्त होटल सञ्चालक वर्ष ४० कि पार्वती खड्कालाई समेत नियन्त्रणमा लिई जिल्ला अदालबाट म्याद थपगरी घटना सम्बन्धि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।