• जेष्ठ २८ २०८२, मंगलवार

०८४ को चुनावमा विजयी हुनबाट रोक्न हामीलाई बाधा पुर्याउन थालिएको छ : लामिछाने

जेष्ठ २७ २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा हुने चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको दाबी गरेका हुन् ।

उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूणर् दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’

साभापति लामिछानेले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ ।