• मंसिर १२ २०८१, बुधबार

राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश च्याम्पियन

जेष्ठ २७ २०८०, शनिबार

काठमाडौं। महेन्द्रनारायण निधि ट्वाण्ट्र ट्वाण्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ ।

रामजानकी क्रिकेट मैदान भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै कर्णाली प्रदेशले उपाधि हात पारेको हो ।

१४१ रनको लक्ष्य पाएको सुदूरपश्चिमलाई ८९ रनमा अलआउट गर्दै कर्णाली च्याम्पियन भएको हो । कर्णालीका युनिशविक्रम सिंहले ३ विकेट लिनुभयो ।

कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका दिपेन्द्र रावतले ४९, हिमान्सु शाहीले २५, रविन्द्रजंग शाहीले २१ र विपिन रावलले १३ बलमा २४ रन बनाउनुभयो।

सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले २–२ विकेट लिनुभयो ।