काठमाडौं । जनता समाजवादी पाटी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शनिबार बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने भएको छ ।