• जेष्ठ २८ २०८२, मंगलवार

संसदमा आज पनि बजेटमाथि छलफल जारी रहने

जेष्ठ २६ २०८०, शुक्रबार

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठकमा आज पनि बजेटमाथि छलफल जारी रहने भएको छ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।


आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ।