काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभी तापक्रम बढ्दा जनजीवन प्रभावित भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा उनले यतिबेला देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरेका हुन् ।
तातो हावा लु चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको उल्लेख गर्दै उनले भने, ‘विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ ।’