• जेष्ठ ११ २०८३, सोमबार

भक्तपुरमा नगद र गहना गरी १८ लाखको चोरी

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका-५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार ६२५ सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका-३ घर भई मध्यपुरथिमि नगरपालिका-३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद १६ हजार नगद चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।