• जेष्ठ ११ २०८३, सोमबार

आफ्नै १४ दिने छोराको हत्या गर्ने बाबु अन्सारी पक्राउ, अनुसन्धान जारी

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका बुवा पक्राउ परेका छन् । बारा जिल्लाको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५, ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।