• बैशाख २६ २०८३, शनिबार

कोशीमा एमाले सरकार ढल्ने निश्चित, माओवादी तर्फका २ मन्त्रीले दिए राजीनामा

जेष्ठ २३ २०८०, मंगलवार

विराटनगर । पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो । संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।