• जेष्ठ ११ २०८३, सोमबार

श्रीमान विदेशमा रहेका कविताको शव जंगलमा भेटियो, हत्या गरि फालेको हुनसक्ने आशंका

जेष्ठ २३ २०८०, मंगलवार

धनगढी । कैलालीको एक सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो । प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।