काठमाडौं । एमाले सम्बद्ध २३ जनवर्गीय संगठनका नेता-कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । सरकार पक्षबाट जनघात, राष्ट्रघात भएको भन्दै शान्तिपूणर् विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।
प्रदर्शनकारीले ‘राष्ट्रघात अक्षम्य अपराध’, ‘असंवैधानिक नागरिकता विधेयक खारेज गर’, ‘भैँसीसँग मुलुक बेच्न पाइँदैन’, ‘भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त नारासहित विरोध प्रदर्शन गरेका थिए ।