• जेष्ठ २८ २०८२, मंगलवार

मोदीसितको छलफलमा छोरीलाई किन सँगै राखेको, परराष्ट्रका कर्मचारी किन नराखेको : ओली

जेष्ठ २२ २०८०, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाए ।

सोमबार संसद्मा बोल्दै ओलीले भने, ‘प्रोटोकल भएन । तरिका पनि मिलेन । को कता छ थाहा छैन । प्रधानमन्त्रीको छेउमा छोरी राख्नुभएको छ । परराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ ।’

उनले प्रधानमन्त्रीले उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराइएको बताए ।