• जेष्ठ ११ २०८३, सोमबार

४६ इन्स्पेक्टर डीएसपीमा बढुवा, पहिलो नम्बरमा रन्जन अवा(सूचीसहित)

जेष्ठ २२ २०८०, सोमबार

काठमाडौं । नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको बैठकले सोमबार ४६ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा रन्जन अवा छन्। दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यम श्रेष्ठ र चौथो नम्बरमा एलिजा गिरी छन्।

बढुवाका लागि १४४ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए। रिक्त दरबन्दी ४६ रहेकाले उनीहरुमध्ये ४६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।