• जेष्ठ ११ २०८३, सोमबार

पाल्पा जीप दुर्घटना: मृत्यु भएका सबैको पहिचान खुल्यो

जेष्ठ २२ २०८०, सोमबार

पाल्पा । पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।  रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेनाका जीप चालक रमेश विक, पाणिनी– १ का श्यामकला परियार, पाणिनी–२ पोखराथोककी सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।