बुटवल । पाल्पामा भएको जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप पाल्पामा आइतबार साँझ दुर्घटना भएको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वार्डनम्बर ६ चिल्ले भेडा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरिरहेको उनले बताए । प्रहरीका अनुसार मृतकको शव पोष्टमर्टमका लागि बुटवल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।